१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आफुले पढेको स्कुलको हीरक जयन्ती मनाउन प्रचण्ड पोखरा आउने

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पोखरा आउने भएका छन्। 

आफूले अक्षर चिनेको कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नागडाँडास्थित महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती विशेष समारोहमा सहभागी हुन दाहाल पोखरा आउन लागेका हुन्।

महेन्द्र आधारभूत विद्यालय दुई पटक प्रधानमन्त्री बनेका दाहालले अक्षर चिनेको विद्यालय हो। प्रचण्डले महेन्द्र आधारभूत विद्यालयमा शिशु कक्षा र कक्षा १ मा अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक ढकराज सुवेदीले जानकारी दिए। ‘दाहालले दुई वर्ष यही विद्यालयमा अध्ययन गर्नु भएको हो,’ उनले भने। विद्यालय दाहालको जन्मघर अन्नपूर्ण गाउँपालिकाको लेवाडेबाट नजिकै पर्छ।

विद्यालयको हीरक जयन्ती विशेष समारोह यही मंसिर २८ गते बुधबार विद्यालय प्राङ्गणमै आयोजना हुँदैछ। सो कार्यक्रममा सहभागी हुन दाहाल मंगलबार पोखरा आउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरपती दाहालले जानकारी दिए। उनका अनुसार दाहाल मंगलबार पोखरा बस्नेछन् भने बुधबार विद्यालयको हीरक जयन्ती विशेष समारोहमा सहभागी हुन अन्नपूर्ण गाउँपालिका पुग्नेछन्।

विद्यालयले हीरक जयन्ती साप्ताहिक रुपमा मनाईरहेको छ। मंसिर २२ गतेदेखि सुरु भएको हिरक जयन्ती मंसिर २८ गते समापन हुने विद्यालयले जनाएको छ। हीरक जयन्तीको अवसरमा विद्यालय स्तरीय सांस्कृतिक, खेलकुद लगायतका कार्यक्रम भइरहेका छन्। समापन समारोहमा विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै हीरक जयन्तीको अवसरमा सहयोग दाताहरूलाई सम्मान गरिने हीरक जयन्ती अर्थ समितिका संयोजक लोकराज भण्डारीले जानकारी दिए।

हीरक जयन्ती मनाईरहेको महेन्द्र आधारभूत विद्यालय नमुना विद्यालयका रुपमा स्थापित छ। ७ वर्षअघि ८ जना मात्र विद्यार्थी भएपछि बन्द हुने अवस्थामा पुगेको यो विद्यालयमा स्थानीय सनराईज बोर्डिङ स्कुल नै गाभिएको थियो। 

शैक्षिक गुणस्तर सुधारेपछि बोर्डिङ स्कुलका विद्यार्थी भटाभट विद्यालयमा भर्ना हुन थालेपछि बोर्डिङ स्कुलले आफ्नो सम्पूर्ण भौतिक सामग्री विद्यालयलाई बेचेको थियो भने शिक्षकहरूलाई पनि विद्यालयमा जागिर दिने सम्झौता गरेर बोर्डिङ स्कुल नै विद्यालयमा समायोजन गरेको थियो। हाल सो विद्यालयमा १२७ जना विद्यार्थी अध्ययनरत छन्।

२०१६ सालमा स्थापना भएको सो विद्यालयमा हाल ८ जना शिक्षक–शिक्षिकाले अध्यापन गराउँदै आएका छन्। जसमा पाँच जनाको दरबन्दी छ भने बाँकी तीनजना विद्यालयले निजी श्रोतबाट राखेको छ। निजी श्रोतबाट राखिएका शिक्षक, कर्मचारीलाई तलब खुवाउने लगायतका खर्च व्यवस्थापनका लागि एक करोड रुपैयाँको कोष बनाउने गरी अर्थ संकलन गर्ने कार्य भइरहेको आर्थिक व्यवस्थापन समितिका संयोजक भण्डारीले जानकारी दिए।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पोखरा आउने भएका छन्। आफूले अक्षर चिनेको कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नागडाँडास्थित महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती विशेष समारोहमा सहभागी हुन दाहाल पोखरा आउन लागेका हुन्। 

महेन्द्र आधारभूत विद्यालय दुई पटक प्रधानमन्त्री बनेका दाहालले अक्षर चिनेको विद्यालय हो। प्रचण्डले महेन्द्र आधारभूत विद्यालयमा शिशु कक्षा र कक्षा १ मा अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक ढकराज सुवेदीले जानकारी दिए। ‘दाहालले दुई वर्ष यही विद्यालयमा अध्ययन गर्नु भएको हो,’ उनले भने। विद्यालय दाहालको जन्मघर अन्नपूर्ण गाउँपालिकाको लेवाडेबाट नजिकै पर्छ।

विद्यालयको हीरक जयन्ती विशेष समारोह यही मंसिर २८ गते बुधबार विद्यालय प्राङ्गणमै आयोजना हुँदैछ। सो कार्यक्रममा सहभागी हुन दाहाल मंगलबार पोखरा आउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरपती दाहालले जानकारी दिए। उनका अनुसार दाहाल मंगलबार पोखरा बस्नेछन् भने बुधबार विद्यालयको हीरक जयन्ती विशेष समारोहमा सहभागी हुन अन्नपूर्ण गाउँपालिका पुग्नेछन्।

विद्यालयले हीरक जयन्ती साप्ताहिक रुपमा मनाईरहेको छ। मंसिर २२ गतेदेखि सुरु भएको हिरक जयन्ती मंसिर २८ गते समापन हुने विद्यालयले जनाएको छ। हीरक जयन्तीको अवसरमा विद्यालय स्तरीय सांस्कृतिक, खेलकुद लगायतका कार्यक्रम भइरहेका छन्। समापन समारोहमा विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै हीरक जयन्तीको अवसरमा सहयोग दाताहरूलाई सम्मान गरिने हीरक जयन्ती अर्थ समितिका संयोजक लोकराज भण्डारीले जानकारी दिए।

हीरक जयन्ती मनाईरहेको महेन्द्र आधारभूत विद्यालय नमुना विद्यालयका रुपमा स्थापित छ। ७ वर्षअघि ८ जना मात्र विद्यार्थी भएपछि बन्द हुने अवस्थामा पुगेको यो विद्यालयमा स्थानीय सनराईज बोर्डिङ स्कुल नै गाभिएको थियो। शैक्षिक गुणस्तर सुधारेपछि बोर्डिङ स्कुलका विद्यार्थी भटाभट विद्यालयमा भर्ना हुन थालेपछि बोर्डिङ स्कुलले आफ्नो सम्पूर्ण भौतिक सामग्री विद्यालयलाई बेचेको थियो भने शिक्षकहरूलाई पनि विद्यालयमा जागिर दिने सम्झौता गरेर बोर्डिङ स्कुल नै विद्यालयमा समायोजन गरेको थियो। हाल सो विद्यालयमा १२७ जना विद्यार्थी अध्ययनरत छन्।

२०१६ सालमा स्थापना भएको सो विद्यालयमा हाल ८ जना शिक्षक–शिक्षिकाले अध्यापन गराउँदै आएका छन्। जसमा पाँच जनाको दरबन्दी छ भने बाँकी तीनजना विद्यालयले निजी श्रोतबाट राखेको छ। निजी श्रोतबाट राखिएका शिक्षक, कर्मचारीलाई तलब खुवाउने लगायतका खर्च व्यवस्थापनका लागि एक करोड रुपैयाँको कोष बनाउने गरी अर्थ संकलन गर्ने कार्य भइरहेको आर्थिक व्यवस्थापन समितिका संयोजक भण्डारीले जानकारी दिए।

प्रकाशित: २६ मंसिर २०७९ ०९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App