२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विराटनगरमा कुपोषण भएका बालबालिहरुकाे खोजी अभियान सुरु

विराटनगरमा कुपोषण भएका बालबालिहरूकाे खोजी अभियान सुरु गरिएको छ। विराटनगर वडा नम्बर १९ ले बुधवार देखी वडाका कुपोषण भएका बालबालिकाको खोजी गर्ने अभियान सुरु गरेको हो।

विराटनगर–१९ मिलन चोकमा बुधबार शिविर सञ्चालन गरेर खोजी अभियान थालिएको हो। विराटनगर–१९ का वडा अध्यक्ष श्याम घिमिरेले महिला स्वास्थ्य स्वयंसेविकामार्फत वडाका सम्पूर्ण गर्भवती, सुत्केरीलगायत २ वर्षमुनिका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिने जानकारी दिए। कुपोषित बालबालिकाको तथ्याङ्क सङ्कलन गर्नुका साथै स्वास्थ्य चौकीमा सुनौलो हजार तथा पोषण शिक्षा एवं व्यवस्थापन गर्ने योजनासमेत रहेको अध्यक्ष घिमिरेले बताए।

कुपोषण भएका बालबालिकाको खोजीसँगै वडाका मधुमेह र उच्च रक्तचापका बिरामीको पनि खोजी थालिएको घिमिरेले बताए। धेरैजसो मानिसको मृत्युको कारण सुगर, प्रेसर, दम, मुटु रोग, किड्नीसम्बन्धी रोग हुने गरेको छ। वडा नम्बर १९ का १२ वटा टोल बस्तीमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको उपस्थितिमा खोजी कार्य सञ्चालन गरिने वडाध्यक्ष श्याम घिमिरेले जानकारी दिए।

उनका अनुसार अभियानबाट पत्ता लागेका रोगीहरूकाे लागि पुस ११ गते विशेषज्ञ डाक्टरसहितको टोलीले बैजनाथपुर स्वास्थ्य चौकीमा थप परीक्षणका साथै उपचार गरिने छ।

४० वर्ष नाघेका सबै वडावासीको सुगर र प्रेसर जाँच गरिने वडाध्यक्ष घिमिरेले बताए। अस्वस्थकर खाना, शारीरिक सक्रियताको कमी, मद्यपान र धुम्रपान प्रयोगका कारण सुगर, मुटु रोग, किड्नीलगायतका रोग लाग्ने गरेको वडा नम्बर १९ स्थित बैथनाथपुर स्वास्थ्य चौकीका प्रमुख भोला तिम्सिनाले बताए।

स्वास्थ्यमा ध्यान दिए रोग लाग्नबाट बच्न सकिने उनको भनाइ छ। महानगरका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतले अभियानको उद्घाटन गरेका थिए।

कार्यक्रममा बस्नेतले सर्ने भन्दा पनि नसर्ने रोगबाट मानिसहरु प्रभावित हुने क्रम बढ्दो रहेकाले नियमित रुपमा स्वास्थ्य परीक्षण गर्नु आवश्यक रहेको बताए। उनले कतिपय रोग हामीले थाहै नपाइ लागिसकेको हुने भएकाले बेलैमा स्वास्थ्य परीक्षण नगरे स्वास्थ्यमा जटिल समस्या ल्याउने बताए।

प्रकाशित: २१ मंसिर २०७९ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App