१६ चैत्र २०८० शुक्रबार
समाज

दुई वर्षदेखि अलपत्र महिता बाटो,निर्माणको काम अघि बढाउन माग

अलपत्र कपिलवस्तुको तौलिहवा स्थित कृषि विकास बैक – महिता बाटो निर्माणको काम अघि बढाउन माग गर्दै कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलको अगुवाइमा शहरी विकास मन्त्रालयमा डेलीगेशन गएका छन्।

नगरपालिकाले नमुना बाटो निर्माणका लागि पहल गरे पनि बिगत २ वर्ष देखि सो बाटो निर्माण अलपत्र परे पछि नगरपालिकाको टोली मन्त्री मेटमणि चौधरीसंग डेलीगेशन गएका छन्। टोलीमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरे वडा नम्बर १ का अध्यक्ष जाहिद खा, नेकपा एसकी नेतृ गीता अन्जान, नगरपालिकाका लेखा अधिकृत बलराम न्यौपाने, ईन्जीनीयर राजशे सेनी लगायत छन्।

संघीय आयोजना ईकाई भैरहवाले सो बाटो निर्माणको काम अघि बढाएको थियो। त्यसका लागि सन्तोष, आषिष लुम्बिनी जेभीले काम अघि बढाएको थियो। सो निर्माण कम्पनीले दुबै तर्फ गरी ८ सय मिटर नाली निर्माण्को काम समेत संपन्न गरेको छ। तर भेरिफिकेशन अर्डर भिओ स्विकृत नभए पछि सो कम्पनीले काम राकेको थियो। काम रोकिएसंगै सो बाटो निर्माण कार्य अलपत्र छ। जसले गर्दा १४ मिटर लामो र २० मिटर चौडाको बाटो पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको स्थानीय दिनेश रायमाझीले बताए।

मेयर पौडेलले कृषि बैकदेखि महिता सम्मको अलपत्र बाटो निर्माणमा मन्त्री चौधरीले चासो दिएको बताए। मेयर पौडेलले मन्त्री चौधरीले डिजि र ईकाई प्रमुखलाई तत्कालै सो बाटो निर्माणको काम अघि बढाउन निर्देशन दिएको बताए। ‘मन्त्री चाधैरीले सो बाटो निर्मााणमा चासो दिनु भएको छ, तत्कालै काम अघि बढाउन निर्देशन दिनु भयो’ उनले भने। यही मंसिरको अन्तिम साताबाट काम सुरु हुने मेयर पौडेलले बताए।

नगरपालिका वडा नम्बर ३ का अध्यक्ष गैरेले बाटो निर्माण अलपत्र हुदा जता ततै खाल्टा खुल्टी परेर दुर्घटना समेत बढेको बताए। ‘हामीले सल्लाह गरी मन्त्रालय आएका हौ’ उनले भने ‘मन्त्री चौधरीले तत्कालै काम अघि बढाउन निर्देशन दिनु भयो।’ सो बाटो चार लेनको हुने छ र बीचमा मेडियन समेत हुने ईन्जीनीयर सैनीले बताए। उनले सो बाटो नगरपालिका कै नमुना हुने उनले बताए। खासगरी जितपुर तर्फबाट आउने यात्रुहरु प्रशासन चोक र हाट बजार पुग्न यही बाटो सजिलो पर्छ। यस्तै भैरहवा देखि गोरुसिंग र पश्चिम तर्फबा जान आउनकालागि यो बाटो निकै सजिलो हुन्छ।  

प्रकाशित: २१ मंसिर २०७९ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App