coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अफसरुल खाँ मृत्यु प्रकरण: प्रहरी अनुसन्धानमाथी पीडितको आशंका

मृतक अफसरुल खाँ का बुवा मोहम्मद वहाव खाँ। तस्बिर: अर्जुन ओली/नागरिक

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर (पिप्रहवा) निवासी २३ वर्षीया अफसरुल खाँको घर, परिवारका सदस्यबाटै हत्या गरिएको माइती पक्षले जिकिर गरेको छ।

मृतकका बुवा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी मोहम्मद वहाव खाँले प्रहरीबाटै ‘हत्या’ को घटनालाई अन्यत्र मोडेर ‘आत्महत्या’ बनाउने काम भएको आरोप लगाए।

गत कात्तिक १६ गते आफ्नै घरको कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा अफसरुलको शंकास्पद शव फेला परेको थियो। छोरीको हत्या गरेर परिवारका सदस्य मिलेर पंखामा झुण्ड्याएको जिकिर गर्दै कर्तब्य ज्यान सम्बन्धी मुद्दा दर्ता गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय बाँकेले पटक–पटक नमानेको उनको गुनासो छ।

‘हत्या गरेको कसुरमा मुद्दा दर्ता गर्नका लागि तीन पटक प्रहरीले मलाई फर्कायो, मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले उल्टै मलाई हप्काउने काम गर्यो,’ खाँले भने ‘चौथो पटकमा प्रहरी नै आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गर्न सहमत भयो।’ बाँके प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले कर्तब्य ज्यान कसुरको मुद्दा दर्ता गर्न नमानेको उनले आरोप लगाए। आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएपछि मात्र प्रहरीले मृतकका पति मेराज शेष र जेठाजु आलमिन शेषलाई पक्राउ गरेको बताइएको छ। तर, मृतकका ससुरालाई भने प्रहरीले बिना कारण छाडिदिएको माइती पक्षको आरोप छ । घटनाका आरोपीलाई राजनीतिक संरक्षण समेत भएको खाँले सुनाए।

‘कर्तब्य ज्यानमा प्रहरीले मुद्दा दर्ता गरेन, प्रहरीको शव मुचुल्का पनि अपूर्ण छ, हामी पीडितलाई झनै पीडा दिने हिसाबले अपराधीलाई राजनीतिक संरक्षण गर्ने काम पनि भयो,’ उनले भने। मृतक अफसरुलको ढाड, पिठ्युको बीच भागमा निलडाम देखिएको छ। खाँको चार छोरी मध्ये अफसरुल माईली छोरी हुन्। उनको २०७७ फागुनमा मेराजसँग विवाह भएको थियो। उनले ९ महिना अघि मात्र छोरा जन्माएकी थिइन्। छोरी अफसरुलको विवाहमा खाँले २५ लाख रुपैयाँ खर्च गरेका थिए।  

छोरीको हत्यामा दाईजोकै कारण जोडिएको उनी बताउँछन्।  ‘छोरीको विवाहमा २५ लाख जति खर्च गरेको थिए, दाइजो पनि राम्रै दिएको हुँ, तर पछि ज्वाई र घर परिवारले दाइजोको विषयमा छोरीसँग निहुँ खोज्न थालेका रहेछन्, त्यो कुरा मलाई थाहा नै भएन,’ खाँले भने ‘उनीहरुले छोरीको हत्या गरेपछि मात्र अहिले दाईजो मागेको कुरा सुनियो।’ घर परिवारले आफुहरुसँग थप २ लाख रुपैयाँ दाईजोको अपेक्षा गरेको माइती पक्षले जनाएको छ। प्रहरीले उक्त घटनालाई सुक्ष्म रुपले अनुसन्धान गरी कर्तब्य ज्यान सम्बन्धी मुद्धा चलाउनुपर्ने पीडितले बताएका छन्।

 

 

 

 

 

प्रकाशित: १९ मंसिर २०७९ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App