coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धनुषामा कुटपिटबाट एकजनाको मृत्यु

धनुषामा कुटपिटबाट एक जनाको मृत्युु भएको छ।

बिहीबार राति कुटपिटबाट गम्भीर घाइते भएका मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रभु यादव र सोही ठाउँका सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद थियो। त्यही विवादको क्रममा उनीमाथि कुटपिट भएको थियो। गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो।उनको त्यही उपचारको क्रममा मृत्यु भएको हो।

घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए। उनीहरुलाई इलाका प्रहरी कार्यलय धनुषाधाममा राखिएको छ। 

मृतक प्रभुको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। 

प्रकाशित: १६ मंसिर २०७९ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App