coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भाउको पर्खाइमा जुम्लाको स्याउ

जुम्लामा स्याउ भदौ महिनाको पहिलो हप्ता पाकिसक्छ। अधिकांश किसानको स्याउ धेरै जसो भदौ,असोजमा बिक्री भइसक्छ। केही किसानहरूले राम्रो भाउ पाइने आशामा मङ्सिर र पुस महिनासम्म पनि स्याउ भण्डारण गरी राखिरहेका हुन्छन्। तर, कतिपय किसानले बाध्यतावस स्याउ थन्क्याएर राख्नुपर्ने अवस्था छ। 

तिनै मध्येका एक हुन्, सिञ्जा गाउँपालिका ५ गोरा गाउँका किसान रामसिंह रावल। दसैँमा नेपालगन्ज लैजाने भनेर टिपेर काटुनमा प्याक गरिराखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा दुई दिन जति रोकिए।

त्यसपछि लगातारको वर्षाले ठुलो जनधनको क्षति गर्‍यो। राजमार्ग क्षतविक्षत भयो। उनले स्याउ बेच्न पाएनन्। बाटो बन्द भएपछि जुम्ला बजार ल्याएर राखेका स्याउ बिक्री नहुँदा उनी तनावमा छन्। स्याउ बिक्री नुहँदा उनको मन साह्रै खिन्न हुन्छ। स्तरीय बाटो र किसानमैत्री नीति नहुँदा नोक्सान बेहोर्नु परेको उनको गुनासो छ।

जुम्ली किसानका स्याउको बजार कहिल्यै राम्रो नहुने भयो। उनले भने  काठमाडौँमा पुर्‍याएपछि सस्तोमा लगिएका स्याउ तीन चार सय रुपैयाँ किलोमा बिक्री हुने भए पनि जुम्लामा घुइयाको भाउमा बेच्नु पर्दा कृषिमा सरकारका नीति असफल भइरहने उनको तर्क छ।प्रायजसो एयरपोर्टमा स्याउ बेच्न आउने गेठीचौर गाउँपालिका९३ की उमादेवी अधिकारी स्याउ बिक्री नहुँदा निकै नरमाइलो लाग्ने बताउँछिन्। 

'नेपालगन्ज जाने मान्छेहरूले लिन्छन् कि भन्ने आशले स्याउ बेच्न ल्याउँछु।' उनले भनिन्। कहिले प्लेन आउँछ, कहिले आउँदैन। सबै मान्छेले स्याउ किन्दैनन्। झन्डै दुई घण्टा हिँडेर बजार पुग्ने उनी स्याउ बिक्री नहुँदा फेरि भारी बोकेर जान निकै कठिन हुने बताउँछिन्। 

धेरैजसो समय स्याउ घुइयाको भाउमा बेच्नु पर्ने उनी जस्तै धेरैले जुम्ली किसानको बाध्यता छ। 'स्याउ किन्न किसानहरू बगैँचा नपुगेपछि जोखिम मोलेर घरमा स्याउ राखेका छौँ।' उनले थपिन, न त्यति बेला स्याउ बिक्यो न अहिले बिक्छ।' 

यस वर्ष जुम्लाको ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो। जसबाट झन्डै १८ हजार मेट्रिक टन स्याउ फलेको कृषि विकास कार्यालयको तथ्याङ्क छ।

प्रकाशित: १५ मंसिर २०७९ १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App