८ वैशाख २०८१ शनिबार
समाज

लैङ्गिक हिंसा न्युनिकरणका लागी १६ दिने अभियान

रोल्पाका विभिन्न स्थानहरुमा ‘सभ्यसमाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा सहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईरहेको छ।

गत शुक्रवार दीप प्रज्वलन सहित कार्यक्रम शुभारम्भ गरेको रोल्पा नगरपालिकाले सोमबार माडिचौरमा ‘लैङ्गिक हिंसा न्युनिकरणका लागी महिला पुरुष समबिकास’ अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

रोल्पा नगरपालिकाले १० वटा वडामा महिला तथा पुरुषहरुका लागी ‘लैङ्गिक हिंसा न्युनिकरणका लागी महिला पुरुष समबिकास’ अभिमुखिकरण कार्यक्रम संचालन गर्ने बताएको छ।

महिला माथिहुने हिंसा मानव अधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोही अनुरुप कामगर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वानगर्ने यो अभियानको उद्देश्य हो। यो अभियान अन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म समुदाय स्तरदेखि स्थानीय, प्रदेश तथा संघीय स्तरसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ।

नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन्। वि सं १९२५ मा नेपालको पुर्वी पहाडको भोजपुरमा जन्मिएकी उनले तत्कालिन नेपाली समाजमा महिला माथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिईन्। उनले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यता, शोषण, जातीयविभेद र चरम लैंगिकविभेद विरुद्ध अभियान संचालन गर्दागर्दै वि सं १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खवरदारी गर्दै जल समाधि लिएकी थिईन्।

१६ दिने अभियानको शुरुवात नेपालमा विसं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतना मुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ। तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १२ मंसिर २०७९ १६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App