१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पर्साको चारवटै निर्वाचन क्षेत्रको मतगणना सुरु

पर्सा निर्वाचन क्षेत्र नम्बर १ को मतपत्र गणना गर्नको लागि ठाकुरराम बहुमुखी क्याम्पसमा मिलाउँदै।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको निर्वाचनको मतगणना कार्य पर्साको ४ वटै निर्वाचन क्षेत्रको सुरु गरिएको छ।

वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा क्षेत्र नम्बर १ र २ को मतगणना गर्ने कार्य सुरु गरिएको छ भने पोखरीया नगरपालिका ४ पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार माध्यमीक बिद्यालयमा क्षेत्र नम्बर ३ र ४ को मतगणना सुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताएका छन्।

पर्सा जिल्लाका ४ वटै प्रतिनिधि सभा र ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्र गरि ६९ प्रतिसत मतदान खसेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ। पर्सा जिल्लामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ ह्जार ८ महिला र अन्य १६ गरी कुल मतदाता ३ लाख ४५ हजार ९ सय २८ जना रहेकोमा आइतबार भएको निर्वाचनमा २ लाख ३८ हजार ५४ जनाले मतदान गरेका थिए।

पर्सा क्षेत्र नम्बर १ मा कुल मतदाता ७७ हजार ९ सय ३३ रहेकोमा ५१ हजार ३ सय ७९ मत खसेको थियो। पर्सा २ मा कूल मतदाता ८६ हजार ९ सय ६६ रहेकोमा ५९ हजार १ सय ८८ मत खसेको थियो।

पर्सा ४ मा कुल मतादाता ९० हजार ८ सय ५१ रहेकोमा ६२ हजार ९२ मत खसेको थियो। जिल्लाका ४ वटै प्रतिनिधि सभा सदस्यका लागि ५८ र आठ वटै प्रदेशसभा सदस्यका लागि १०३ गरि कुल १ सय ६१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

त्यसै गरि बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये १ को प्रतिनिधि सभा सदस्यको मतगणना शुरु गरिएको मूख्य निर्वाचन अधिकृत पुर्नेश्वर उपाध्यायले बताएका छन्। निर्वाचन क्षेत्र नम्बर ३ को पनि मतगणना शुरु गर्ने कार्य अन्तिम चरणमा रहेका उनले बताए।

प्रकाशित: ५ मंसिर २०७९ १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App