६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सिरहामा अझै सुरू हुन सकेन मतगणना

सिरहामा अझै मतगणना सुरू हुन सकेको छैन। दलहरूबीच आचारसंहितामा एकमत हुन नसक्दा मतगणनामा ढिलाइ भएको निर्वाचन कार्यालयले जनाएको छ।

चार वटै निर्वाचन क्षेत्रमा अहिले सर्वदलीय बैठक बसेको छ। निर्वाचन कार्यालयका प्रवक्ता गणपैत यादवले भने,' छिट्टै मतगणना सुरु गर्नेगरी छलफल भैरहेको छ।'

सिराहा १ को मतगणना लहानस्थित दुलिचन अतिथि सदन, क्षेत्र नम्बर २ को धनगढीमाई नगरपालिकाको प्रशासकीय भवन, क्षेत्र नम्बर ३ को चन्द्र माध्यमिक विद्यालय सिराहा र क्षेत्र नम्बर ४ को मतगणना मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा हुने उनेले बताए।

प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको निर्वाचनमा ६६.७७  प्रतिशत मतदान भएको छ। जिल्लामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६११ महिला र दुई अन्य मतदातासहित जम्मा चार लाख २२ हजार ७१२  मतदाता छन्।

प्रकाशित: ५ मंसिर २०७९ ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App