८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

रुपन्देहीमा ६८ प्रतिशत मत खस्यो

रुपन्देहीमा ६८ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार कुल मतदाता संख्याको करिब ६८ प्रतिशत मत खसेको हो। जिल्लामा ६ लाख ३८ हजार ९५२ मतदाता छन्।

पाँच वटा निर्वाचन क्षेत्र  रहेको रुपन्देहीका सबै स्थानमा  शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ। शान्तिपूर्ण मतदान सकिएर मतपेटिका मत गणना स्थलमा ल्याइएको छ। आज रातीबाटै मतगणना सुरु गर्ने तयारी गरीएको बताइएको छ।

जिल्लामा गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ७० प्रतिशत मत खसेको थियो। स्थानीय निर्वाचनको तुलनामा अहिले २ प्रतिशत मत कम खसेको छ।

प्रकाशित: ४ मंसिर २०७९ १६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App