९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सिरहामा ६६.७७ प्रतिशत मतदान

सिरहाको नवराजपुर निर्वाचन केन्द्रमा मतदानका लागि लाइन बसेका मतदाता। तस्बिर: मिथिलेश /नागरिक

आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तगर्त सिरहामा ६६.७७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

सिरहामा कूल ३ लाख ६४ हजार १ सय १७ मतदाता छन्। जसमा १ लाख ६९ हजार ७ सय ७२ महिला र १ लाख ९४ हजार ३ सय ४३ पुरुष मतदाता छन्।

मतपेटिकाहरु मतदान केन्द्र ल्याउने काम भैरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडिले जानकारी दिए। जिल्लामा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको उनले बताए। मतगणना स्थलको सुरक्षा चुस्त पारिएको सिरहाका एसपी अर्जुन तिम्लिसिनाले बताए।

प्रकाशित: ४ मंसिर २०७९ १६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App