२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सुनसरीमा ६५ प्रतिशत मत खस्यो

सुनसरीमा औसतमा ६५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभरका सबै स्थानमा मतदान सकिएको र अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार औसतमा ६५ प्रतिशत मत खसेको हो।  

सुनसरीमा पाँच लाख ४४ हजार ९४१ मतदाता रहेका थिए। अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका ल्याउन थालिएको छ।  

सुनसरीको क्षेत्र नं. १ मा प्रतिनिधि सभामा २० जना उम्मेदवार छन्। यस्तै, प्रदेशसभा क्षेत्र नं. १ ‘क’ र १४ जना र ‘ख’ बाट १३ जना उम्मेदवार छन्।

क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि क्षेत्र नं. २ मा २७ जना उम्मेदवार छन्। यस्तै, सुनसरी क्षेत्र नं. २ प्रदेशतर्फ २ ‘क’ मा १८ जना उम्मेदवार छन्। क्षेत्र नं. २ को २ ‘ख’ मा १० जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा छन्।  

क्षेत्र नं. ३ अन्तर्गत प्रतिनिधि सभामा २२ जना उम्मेदवार छन्। यस्तै, प्रदेश सभाका लागि सुनसरी क्षेत्र नं. ३ ‘क’ बाट १७ जना र क्षेत्र नं. ३ ‘ख’ बाट १० जना उम्मेदवार रहेका छन्। क्षेत्र नं. ४ मा प्रतिनिधि सभाका लागि २५ जनाको उम्मेदवार छन्। प्रदेशतर्फ ४ ‘क’ मा १३ जना र ‘ख’ मा पनि १२ जना उम्मेदवार छन्।

सुनसरीमा निर्वाचनका लागि ३६६ मतदान स्थलमा ५९१ वटा स्थायी मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र रहेका थिए। सुनसरीमा निर्वाचनका लागि कुल चार हजार ७ सय ३४ जना कर्मचारी खटिएका थिए।

प्रकाशित: ४ मंसिर २०७९ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App