२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार निरौला प्रहरी नियन्त्रणमा

मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका प्रदेश उम्मेदवार दीपक निरौलालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ। 

निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्ने स्थानीयबासीको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बुढानिलकण्ठ प्रहरी प्रभागले जनाएको छ। 

यता एमालेको काठमाडौं ५ निर्वाचन परिचालन कमिटीले भने एक वक्तव्य निकालेर नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौला, बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल बुढानिलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्मान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको बताएको छ।

राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाएको भन्दै कमिटीले पैसा बाँडेको भनेर बद्नाम गर्न खोजेको भन्दै आपत्ति जनाएको छ।

प्रकाशित: २ मंसिर २०७९ १८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App