१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

बर्दघाटमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ तारेभिरमा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

प्रहरीका अनुसार बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८-००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट गुडिरहेको ना.६ ख ३४६० नम्बरको ट्रक ठोक्किएका थिए।

घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि रूपन्देहीको भलुहीस्थित देवदह मेडिकल कलेज पठाइएको छ भने अन्यको अवस्था सामान्य छ।

दुर्घटनामा काठमाडौं कपन बस्ने ३३ वर्षीय बद्री मगर, स्वयम्भूका २५ वर्षीय नेत्रलाल नेवा, चितवन कालिका नगरपालिका–३ पदमपुरकी ६५ वर्षीया यनु मगर, बुटवल उपमहानगरपालिका–४ अमरपथका ४० वर्षीय रुप गुरुङ र बुटवल–१७ का २८ वर्षीय प्रकाश भट्टराई घाइते भएका छन्।

यस्तै, गुल्मी इस्मा गाउँपालिका–६ का २१ वर्षीय किरण मुखिया, भारतको बैंगलोर बस्ने ६५ वर्षीय जगदिश बिएल, कर्नाटक बस्ने ६१ वर्षीय नन्जुण्डे गोडा तथा भ्यानका चालक ४४ वर्षीय कृष्ण थापा र सहचालक ३५ वर्षीय गोविन्द थापा घाइते भएका छन्।

प्रहरीले मकवानपुर थाहा नगरपालिका–११ का ३५ वर्षीय ट्रक चालक बुद्धिबहादुर ठोकरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

दुर्घटनाग्रस्त दुवै सवारीसाधन घटनास्थलमै रहे पनि राजमार्गमा सवारी आवागमन सहज रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ असार २०८३ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App