१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा १० प्रभावशाली महिला सम्मानित

११६औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा १० जना प्रभावशाली महिला सम्मानित भएका छन्।

शनिबार काठमाडौंमा गृहिणी महिला संघ नेपालको आयोजना तथा काठमाडौं वर्ल्ड स्कुल र द प्लाजाको सहयोगमा गरिएको पहिचान तथा सत्कार कार्यक्रममा नेपालका प्रख्यात महिला व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुनेहरूमा शोभा ज्ञवाली – महिला उद्यमी, अनुराधा-  बाल साहित्य, बन्दना लम्साल - अनुभवी बैंकर, डा. कुण्डु - वरिष्ठ स्त्री रोग विशेषज्ञ, प्रियंका कार्की - अभिनेत्री, सचिता बुढाथोकी – पत्रकार, सृष्टि सिंह भण्डारी – पशु कल्याण कार्यकर्ता, उषा पाण्डे – वकिल, सृजना अधिकारी - अन्तर्राष्ट्रिय रेफ्री, डा. त्रिशाला- गायक/डीजे रहेका छन्।

कार्यक्रममा सम्मानित नेपाल रिपब्लिक मिडियाका अध्यक्ष शोभा ज्ञवालीले मुलुकभर महिलाहरूलाई अगाडि बढाउन प्रोत्साहन गर्नुपर्ने बताइन‍्। हरेक महिलाहरूलाई आर्थिक रूपले पनि सक्षम बनाउनु आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ। उनले समाजमा महिलाहरूको अमूल्य योगदानलाई गर्वका साथ स्वीकार गर्नु पर्नेमा जोड दिइन्।

प्रमुख अतिथ्यको रूपमा रहेकी चादनी जोशीले आफ्नो ६० वर्षको अनुभवमा विगतभन्दा वर्तमानमा महिलाहरूको जिवनस्तर उकासिएको पाएको बताइन्। उनले अझै पनि धेरै महिलाहरू पछाडि परेकाले उनीहरूको हकअधिकारका लागि आवाज उठाउँदै लैजानुपर्ने भनाइ राखिन्।

 

प्रकाशित: १ चैत्र २०८२ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App