रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ४५७ जनाको मृत्यु भएको छ।
बाढीमा परेका १ हजार ४५७ जनाको शव फेला परेको हो। यस्तै, ४ हजार ७२० जना अझै बेपत्ता रहेका छन्।
जसमा रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। साथै, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन देखि आवश्यक प्रक्रिया पुरा गरी १ हजार ३३५ वटा शव व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि सजिलो होस् भनेर कुल ३ हजार ४ सय २७ वटा डिएनए नमुना संकलन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बेपत्ता भएका ४ हजार ७ सय २० जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार १ सय १० जना व्यक्तिहरूलाई राखिएको छ।
प्रकाशित: २५ आश्विन २०८३ १८:४० आइतबार




-600x400.jpg)
