२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति चयनमा खुसी हुँदै जेनजी अभियन्ता तनुजा भन्छिन् : जमेको पोखरी आजबाट नदी बनेको छ

जेनजी अभियान्ता तनुजा पाण्डेले नेपाली कांग्रेसको नयाँ सभापति चयनप्रति खुसी व्यक्त गरेकी छिन्। उनले यो क्षणलाई कांग्रेसका लागि मात्र नभई सारा जनताका लागि समेत ऐतिहासिक मोड भएको बताइन्।        

‘नेपाली कांग्रेस आजबाट कांग्रेसीहरूको मात्र होइन, सारा जनताको पार्टी बनेको छ। जमेको पोखरी आजबाट नदी बनेको छ यो नदीलाई अझै कञ्चन बनाउने जिम्मेवारी गगन, विश्व, पुष्पा, प्रदीप, गुरुहरूको पुस्ता र त्यसपछि आउने पुस्ताको हातेमालोबाट मात्र सम्भव छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्।

कांग्रेस र समग्र लोकतन्त्रको जीत भएको र नयाँ युगको सुरुवात बताएकी छिन्। उनले भदौ २३ मा जेनजी नवयुवाहरूले गरेको विद्रोहले परिवर्तनको आधार मजबुत बनाएको भन्दै इतिहासका भूलहरू सुधार गर्दै नवीन युगको नेतृत्व गर्न र लोकतन्त्रको दियो निरन्तर बालिराख्नु पर्ने बताइन्।

प्रकाशित: १ माघ २०८२ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App