१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

युवा नेतृत्व राजनीतिमा आउनुपर्छ : शिक्षामन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले गणतन्त्र स्थापनापछि ‘भ्रष्टाचारतन्त्र र घुसखोरीतन्त्र’ लाई देशमा भित्र्याएको र नेपाललाई आर्थिक रूपमा कमजोर बनाएको बताएका छन्। 

नेपालमा भ्रष्टचार र घुसखोरीतन्त्रलाई संस्थागत गरेको भन्दै उनले देशलाई समृद्धशाली बनाउनका लागि नयाँ पुस्ताका नेताहरू राजनीतिमा आउनुपर्नेमा जोड दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'पुराना पुस्ताका नेताहरूले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग पटक्कै ल्याएनन्।’ यस्तै, मन्त्री पुनले देशको राजनीतिमा युवा पुस्ताको हस्तक्षेप अपरिहार्य रहेको भन्दै सम्पूर्ण युवाहरूलाई आगामी चुनावमा पूर्ण रूपमा सहभागिता हुन आग्रह समेत गरे।

उनले १५ वर्ष पुगेका र हालसम्म मतदाता नामावलीमा नाम दर्ता नगरेका सबै युवालाई मंसिर ५ गतेसम्म नाम दर्ता गर्न अनुरोध गरेका छन्। ‘आगामी फागुन २१ गते हुने आम चुनावमा भाग लिई युवा पुस्ताका नेताहरूलाई छानेर सरकार बनाउन जोडदार माग गर्दछु,’ मन्त्री पुनले भनेका छन्।

प्रकाशित: २९ कार्तिक २०८२ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App