नेकपा एमाले निकट राष्ट्रिय युवा संघले एमाले अध्यक्ष केपी शर्मा ओलीको पुर्ख्यौली घर पुनःनिर्माण अभियान चलाउने भएको छ। जेन–जी आन्दोलनका क्रममा तेह्रथुमको अठराईमा रहेको ओलीको पुर्ख्यौली घर जलाइएको थियो।
शनिबार बसेको युवा संघको पदाधिकारी बैठकले सोही घर पुनःनिर्माण गर्न अभियान चलाउने निर्णय गरेको हो। यस्तै आन्दोलनका नाममा देशका बहुमूल्य सम्पदा जलाउने र देश जलाउनेहरूलाई कानुनी कारबाही हुनुपर्ने युवा संघको अर्को निर्णय छ।
युवा संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण र आगामी योजनाबारे थप अन्य निर्णय गरेको प्रवक्ता निरोज पौडेलले बताए।
प्रकाशित: २२ कार्तिक २०८२ १९:०९ शनिबार





