२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

‘बादल’ लक्षित योगेशको कविता: हामी हेरेको हेर्यै भयौ !

नेकपा एमालेभित्रको आन्तरिक विवाद थप चर्किएको छ। कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले गत बिहीबार संसद्मा दिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र मत विभाजित भएको छ। 

यसै क्रममा उपमहासचिव योगेश भट्टराईले व्यङ्ग्यात्मक कवितामार्फत विरोध जनाएका छन्।

उनले लेखेको कविता यस्तो छ:
‘बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ !
(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)’

यसअघि बुधबार बादलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलप्रति कटाक्ष गरेका थिए। एमाले कास्कीले पोखरामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसद्को सम्बोधनले पार्टीभित्र र बाहिरका शत्रुहरू छताछुल्ल भएको बताएका थिए। 

बादलले उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा लेखेको धारणालाई उद्धृत गर्दै पार्टीभित्रको अन्तरसङ्घर्ष खुलेको उल्लेख गरेका थिए। संसद्को पहिलो बैठकमा उनले बोलेको विषयलाई लिएर केन्द्रीय सचिवालय बैठकले सेनालगायतका केही बुँदामा सुधार गर्दै नयाँ वक्तव्य जारी गरेको थियो।

प्रकाशित: २६ चैत्र २०८२ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App