एमाले नेता योगेश भट्टराईले अब ‘बैगुनी केटो’ नामको फेसबुक र युट्यूव च्यानल खोल्ने बताएका छन् ।
नागरिक दैनिकसँगको कुराकानीका क्रममा एमाले अध्यक्षसँगको सम्बन्ध जोडेर अध्यक्षले नै बैगुनी केटो भन्नुभयो नि भन्ने प्रश्नमा उनले भने, ‘हो मेरो ट्याग नेम नै जस्तो भयो । धेरैले मलाई यही नामले पनि चिने । यो म भन्दा माथिको अग्रजले अभिभावले दिएको उपनाम भन्ने लिएको छु । निकट भविष्यमै म बैगुनी केटो नामको युट्यूव र फेसबुक चलाउने सोचमा छु ।’
उनले यो च्यानलबाट आफ्ना कुरा राख्दा धेरै ठाउँमा पुग्न सक्छ भन्ने लागेको पनि बताए ।
उनले ओलीसँगको सम्बन्ध धेरै निकट र विकट नभएको बताउँदै आपसी समझदारीमै अघि बढेको बताएका छन् ।
प्रकाशित: २९ आश्विन २०८२ २०:२१ बुधबार





