४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

‘हिजो राष्ट्रका धरोहर जलाए, भोलि देशलाई बारूदको चेपुवामा पार्न सक्छन्’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)  की नेत्री रामकुमारी झाक्रीले जेन-जी आन्दोलनमा नवपुस्तालाई मानव ढालका रूपमा प्रयोग गरिएको तथा हिंसात्मक गतिविधिमा उक्साइएको दाबी गरेकी छन्।

बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा  राख्दै झाक्रीले विगतका घटनाहरूलाई आफूहरूले नबिर्सेको बताएकी छन्।

उनले लेखेकी छन्, ‘जलाएको सिंहदरबार, जलाएको सर्वोच्च अदालत, खरानी बनाएको संसद भवन, जलाएको राष्ट्रपति भवनः हामी बिर्सेका छैनौं, बिर्सने छैनौं। सयौं युवाका उजाडिएका सपनाहरूको पनि हिसाब खोज्ने छौं।’

निर्वाचन नजिक आएसगैं मतदातालाई उनले एक पटक गम्भीर रूपमा सोच्न आग्रह गर्दै विगतमा विध्वंसमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरू नै अहिले आन्दोलनको ‘स्टेकहोल्डर’ दाबी गर्दै भोट माग्न आएको आशंका गरेकी छन्।

झाक्रीले आफ्नो अभिव्यक्तिमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन तथा राष्ट्रपति भवन जस्ता राष्ट्रिय संरचनामा आक्रमण भएको भन्दै, ‘आज राष्ट्रका धरोहर जलाउनेहरूले भोलि देशलाई बारूदको चेपुवामा पार्न सक्छन्’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।  

प्रकाशित: १३ फाल्गुन २०८२ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App