२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रविको मुद्दा फिर्ताविरुद्ध रिटः सर्वोच्चद्वारा कारण देखाउ आदेश

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्धका अभियोजन संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। मंगलबारको सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले यस्तो निर्णय गरेको हो।  

लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी कसुरको अभियोजन संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालयले निर्णय गरेको थियो। जसविरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज सफलले बिहीबार रिट दायर गरेका थिए।  

ती रिटमाथि आज प्रारम्भिक सुनुवाइले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। रिट निवेदकले महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानूनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरेको छ।  

प्रकाशित: ६ माघ २०८२ १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App