सहमतिमा महाधिवेशन प्रतिनिधि छान्ने गृहकार्य सार्थक निश्कर्षमा नपुगेपछि ताप्लेजुङमा प्रतिनिधि छान्न सकस भएको छ । एमालेको ११ औं महाधिवेशनलाई ताप्लेजुङबाट छनौट हुने १२ पदमा २६ जनाको अन्तिम नामावली निर्वाचन समितिले प्रकाशित गरेको छ ।
निर्वाचन समितिका संयोजक राजकुमार चुडाँलका अनुसार खुल्लातर्फ ६ जना प्रतिनिधि छनौट हुनुपर्ने ठाउँमा १४ जनाको उम्मेदवारी कायम भएको छ । यसअघि २२ जनाको उम्मेदवारी परेको थियो । ६ खुल्ला प्रतिनिधिका लागि दीपेन्द्र पोमू,घनेन्द्र मादेन,अनन्तबहादुर साँवा, मंगलसिंह केदेम, प्रकाश राई(कैलास), छत्रपति प्याकुरेल, कृष्णप्रसाद थापा, कमल फेम्सोहाङ लिम्बू, मातृकाप्रसाद भट्टराई, ज्ञानेन्द्र लावती, सन्तोष प्रसाँई, राधाकृष्ण पौडेल, भूमि तामाङ र सन्तोष चाम्लिङको उम्मेदवारी कायम भएको छ ।
चार महिला प्रतिनिधिलाई ७ जनाको उम्मेदवारी कायम भएको छ । चार महिला प्रतिनिधिलाई टीका सुबेदी भट्टराई, प्रमिला खनाल घिमिरे, शान्ताकुमारी आङवुहाङ, कोपिला नेपाली, रनमाया गुरुङ, चन्द्रा भट्टराई र मिनाकुमारी केदेमको उम्मेदवारी कायम भएको छ । चार पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो । निर्वाचन समिति सदस्य भीष्मराज बरालका अनुसार दलिततर्फको एक प्रतिनिधिका लागि राजु नेपाली, बुद्धिमान परियार र नरबहादुर सुनामको उम्मेदवारी कायम भएको छ ।
सुरुमा तीनैजनाको उम्मेदवारी थियो । १ युवा (४० बर्ष मुनि उमेर समूह)का लागि ६ जनाको उम्मेदवारी परेकोमा अन्तिममा गोपाल न्यौपाने र सरोज एभेङबिच प्रतिस्पर्धा हुनेगरी अन्तिम नामावली प्रकाशन भएको छ ।
प्रकाशित: १० मंसिर २०८२ १६:२९ बुधबार





