२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

समानुपातिक सूचीबाट किन हटाइयो ७६ उम्मेदवारको नाम ?

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले आयोगका बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । 

निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूचीका सम्बन्धमा परेका उजुरी, उम्मेदवारको योग्यता, प्रचलित कानुनी व्यवस्था, निर्वाचन आयोगबाट बिभिन्न मितिमा भएका निर्णय  र राजनीतिक दलबाट उम्मेदवारहरूको विवरणका मापदण्ड पूरा नगरेका उम्मेदवारको नाम सूचीबाट हटाएको आयोगले जनाएको छ ।  

विभिन्न दलबाट नाम हटाइएका  ७६ जना उम्मेदवारमध्ये सबैभन्दा धेरै २५ जना प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेत नाम समावेश भएकाले अयोग्य ठहरिएका छन्।

त्यसैगरी कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना, सम्बन्धित राजनीतिक दलले नै नाम हटाउन लिखित अनुरोध गरेका १० जनाको नाम पनि बन्दसूचीबाट हटाएको हो । 

जसमा २५ वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना र पिछडिएको क्षेत्रको मतदाता नामावलीमा नाम नभएका  भएका २ जना रहेका छन्। 

यस्तैगरी महिला उम्मेदवार पेस गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवारको नाम समावेश गरिएको १ जना र  एकभन्दा बढी अयोग्यताको कारण रहेका २ जना उम्मेदवारको नाम पनि सूचीबाट हटाइएको आयोगले जनाएको छ।

प्रकाशित: २० माघ २०८२ १८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App