२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

क्रिकेट रंगशाला निरीक्षण गर्दै सिंहले भने- ‘इच्छाशक्ति भए नेपालमै ठूला परियोजना सम्भव’

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको स्थलगत निरीक्षण गरेका छन्।

आइतबार रंगशाला पुगेर उनले निर्माण कार्यको प्रगतिबारे जानकारी लिँदै काममा केही ढिलाइ भए पनि समग्र प्रगति सन्तोषजनक रहेको बताए।

रंगशालाको दर्शकदीर्घा निर्माण सम्पन्न भई सिट जडान भइसकेको छ भने रात्रिकालीन खेलका लागि आवश्यक ‘फ्लड लाइट’ जडानको काम तीव्र गतिमा भइरहेको छ।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सिंहले निर्धारित समयमा काम सम्पन्न नहुँदा सम्झौताअनुसार जरिवाना तिराएर कामलाई निरन्तरता दिइएको जानकारी दिए।

उनले छोटो समयमा यति ठूलो परियोजना निर्माण हुनुले नेपालमा इच्छाशक्ति भए जस्तोसुकै काम पनि सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए।

‘यति ठूलो परियोजना यो छोटो समयमा निर्माण हुनुले गर्ने इच्छाशक्ति भयो भने नेपालमा गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ,’ उनले सुनाए।

प्रकाशित: २२ भाद्र २०८२ २०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App