१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

बाढीपीडितलाई कुन पार्टीले कति सहयोग गर्दैछन् ?

रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। 

बाढीपीडितका लागि नेकपा (एमाले) ले १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। एमालेले पार्टीको तर्फबाट उक्त रकम परिचालन गर्नुका साथै संघीय सांसदहरूको १५ दिनको पारिश्रमिकसमेत सहयोग गर्ने निर्णय गरेको छ। 

त्यस्तै, नेपाली कांग्रेसले १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। कांग्रेसका संघीय सांसदहरूले पनि १५ दिन बराबरको पारिश्रमिक बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। रास्वपाले राहत तथा उद्धारका लागि आफ्नो ‘र्‍यापिड एक्सन टिम’ समेत प्रभावित क्षेत्रमा परिचालन गरेको छ। 

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २५ लाख रुपैयाँ, श्रम संस्कृति पार्टीले १५ लाख रुपैयाँ र जय नेपाल पार्टीले ६ लाख ५१ हजार ६७६ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। 

घोषणाअनुसार एमालेले पार्टीको तर्फबाट रकम परिचालन गर्ने जनाएको छ। अन्य दलहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष वा सरकारको राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्।  

प्रकाशित: १८ भाद्र २०८३ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App