राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको चस्मालाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।
शाहीले प्रधानमन्त्रीले लगाउने चस्मा कालो वा सेतो हुनु महत्वपूर्ण नभइ सरकारले काम गर्न सक्नुपर्ने बताउँदै टिप्पणी गरेका हुन्। उनले चस्मालाई नभइ कामको परिणामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
'प्रधानमन्त्रीको चस्मा कालो होस् कि सेतो, काम गरे भइहाल्यो। बिरालो कालो होस् कि सेतो, मुसा मार्न सक्नुपर्यो। त्यसैले कालो चश्मा कि सेतो चश्मा होइन, काम गर्ने चश्मा चाहिएको हो,' सामाजिक सञ्जालमा उनले लेखेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यसम्बन्धी प्रतिवेदन संघीय संसद् सचिवालयमा बुझाएका छन्। सोही सन्दर्भमा रहेर शाहीले उक्त कटाक्ष गरेका हुन्।
प्रकाशित: ९ भाद्र २०८३ १२:१७ मंगलबार



-600x400.jpg)

