८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

जसलाई जे सोच्नु छ सोच्दा हुन्छ! देश बेच्न दिन्नँ, दिँदैनौँ : हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब आफूले देश बेच्न नदिने बताएका छन्।

उनले आफूलाई कसैको वैसाखी नचाहिने भनाइ राख्दै यस्तो बताएका हुन्। उनले नेपालमा अब जति नै गठबन्धन या ठगबन्धन गरे पनि कुनै विदेशी विचारको वाद नभइ यही देशको ढुङ्गा र माटोको गाथा र कथा हर्कवाद मात्रै रहने दाबी गरे।

'मलाई कसैको वैसाखी चाहिंदैन! नेपालमा अब जति नै गठबन्धन गर या ठगबन्धन गर! कुनै विदेशी विचारको वाद होइन यही देशको ढुङ्गा र माटोको गाथा र कथा हर्कवाद मात्रै रहनेछ!' हर्कले सामाजिक सञ्जालमा लेखे, 'जसलाई जे सोच्नु छ सोच्दा हुन्छ! देश बेच्न दिन्नँ, दिंदैनौँ!'

प्रकाशित: २० कार्तिक २०८२ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App