जेन–जी आन्दोलनका क्रममा भर्दा २४ गते घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३५ दिनपछि मंगलबार सार्वजनिक भए। जेन–जी आन्दोलनपछि पहिलो पटक बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगेका बेला देउवा सार्वजनिक भएका हुन्।
देउवासँगै भदौ २४ गते सांघातिक हमलामा परेर घाइते भएकी देउवापत्नी डा. आरजु राणा देउवा पनि पार्टी कार्यालय पुगेकी थिइन्।
पार्टी बैठकमा देउवाले भावुक मन्तव्य दिँदै आफ्नो जटिल स्वास्थ्यलाई कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिए। सोही क्रममा लिखित सम्बोधन पढेका देउवाले विभिन्न आठ बुँदामा १३ पृष्ठको मन्तव्य दिए। जसमा उनले जेन–जी आन्दोनलका क्रममा भएका घटनाको दुःख व्यक्त गरे, मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे। घटनापछि देशलाई राजनीतिक निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गरे।
त्यसपछि आफ्नो जीवनसंघर्ष, सार्वजनिक जिम्मेवारीमा हुँदा गरेका स्मरणीय काम सम्झिए। भदौ २४ गतेको दर्दनाक दिन सम्झिए, आफू र आफ्नो परिवारलाई जोगाउन भूमिका खेल्ने सुरक्षाकर्मी र शुभेच्छुकलाई धन्यवाद दिए।
त्यसपछि देशको वर्तमान परिस्थितिबारे केन्द्रीय समितिको ध्यानाकर्षण गराए। पार्टी जीवनका बारेमा बोले।
यस्तो छ मन्तव्यको पूर्णपाठ













प्रकाशित: २८ आश्विन २०८२ १५:२७ मंगलबार





