४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रौतहटमा गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको निधनप्रति रास्वपाले के भन्यो ?

रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको बताएको छ।

मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै पार्टीले घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको बताएको छ। आज एक विज्ञप्त जारी गर्दै रास्वपाले घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न बताएको छ।

कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी नराख्ने जारी विज्ञप्तिमा उल्लेख छ। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी समेत उसले दिएको छ।

चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन जारी गरेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

प्रकाशित: २३ माघ २०८२ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App