३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाको जग र जरा के हो ? कांग्रेस नेता विश्वकर्मा

नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जग र जरा खोज्नुपर्ने बताएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीए रिजेक्ट गरेको भोलिपल्ट रास्वपा आएको भन्दै उनले यसको जग र जरा खोज्नुपर्ने बताएका हुन्।  

रिपोटर्स क्लब नेपालको विशेष साक्षातकारमा उनले रास्वपाको जन्ममिति खोज्नुपर्ने बताए।

'२०४६ सालमा प्रजातन्त्र आयो राष्ट्रिय प्रजातन्त्र पार्टी बन्यो, २०७९ मा स्थानीय तहको निर्वाचनमा स्वतन्त्रले जित्यो यो स्वतन्त्र पार्टी बन्यो।', उनले भने, 'यसको जग र जरा के हो ? त्यसैले जग र जरा थाहा नभइकन यसमा के फल्छ भन्ने कुरा हामीमा शंका छ, मलाई शंका छ, हाम्रो पार्टीमा शंका छ।'

यो पार्टीमा नै शंका भएकाले अन्तर्राष्ट्रिय सुरक्षा नीतिमा दलहरु शशंकित भएको उनको भनाइ छ। आफ्नो शंका कसरी निवारण हुन्छ भनेर उनले रास्वपालाई प्रश्न पनि गरे । 

प्रकाशित: ३ चैत्र २०८२ १८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App