१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

श्याम घिमिरे भन्छन्- रातभरिमा सहमतिको विन्दुमा पुग्छौं

फाइल।

नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टीका नेताबीच विवाद समाधानका लागि छलफल जारी रहेको जानकारी दिए।

पार्टीको निवर्तमान प्रमुख सचेतकसमेत रहेका घिमिरेले भने, ‘वार्ता चलिरहेको छ, वार्ताले एउटा आकार लिन्छ भन्नेमा हामी विश्वस्त छौं। आज रातभरिमा एउटा सहमतिको विन्दुमा पुग्छौं, भोलि पार्टीलाई एक भएर अगाडि बढाउँछौं।’

वार्ता प्रक्रिया चलिरेहका कारण केन्द्रीय समितिको बैठक समयमै सुरु हुन नसकेको उनको भनाइ छ। दिउँसो १ः०० बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक यो समाचार तयार गर्दासम्म सुरु हुन सकेको छैन।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा यही पुस २७ गतेदेखि आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र अझै जारी छ।

प्रकाशित: २९ पुस २०८२ १८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App