१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

छानबिन आयोग मान्दैनौं, जबर्जस्ती गरे सिंहदरबार घेर्छौं: महेश

नेकपा एमालेका नेता महेश बस्नेतले जेन-जी आन्दोलनको छानबिन गर्न वर्तमान सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय छानबिन आयोगलाई आफ्नो पार्टीले नमान्ने बताएका छन्।

बुधबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले उक्त आयोग निष्पक्ष नभएको भन्दै त्यसले बोलाएको बयानमा एमालेका कुनै पनि नेता नजाने स्पष्ट पारे।

बस्नेतले भने, ‘त्यो आयोग कुनै न्यायिक निकाय होइन, केपी ओली र एमालेका नेताहरूविरुद्ध विष वमन गर्ने व्यक्तिको नेतृत्वमा बनेको प्रतिशोधको हतियार मात्र हो। पूर्वाग्रह राखेर बनाइएको आयोगलाई हामी स्वीकार गर्दैनौं।’

आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको आपत्ति जनाउँदै उनले सरकारलाई चेतावनी दिँदै भने, ‘यदि आयोगले जबर्जस्ती हाम्रा नेताहरूलाई बयानमा बोलाउने दुष्प्रयास गर्यो भने, नेताहरू त्यहाँ पुग्नुभन्दा अगाडि लाखौं कार्यकर्ताहरूले सिंहदरबार घेर्छन्।’

उनले वर्तमान सरकारले सुशासनको नाममा स्टन्ट गरिरहेको र आफ्ना विरोधीहरूलाई सिध्याउन राज्य संयन्त्रको दुरुपयोग गरिरहेको आरोप समेत लगाए।

प्रकाशित: १० मंसिर २०८२ १५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App