२४ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

सरकारको यात्रामा ‘टर्बुलेन्स’ आए सामना गर्छौँ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारलाई गन्तव्यमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सरकार सञ्चालन गर्दा आउने चुनौती र उतारचढाव लाई व्यवस्थापन गर्दै अघि बढ्ने उनले बताएका हुन्। 

शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सरकारको यात्रालाई हवाई उडानसँग तुलना गर्दै कहिलेकाहीँ मौसमका कारण ‘टर्बुलेन्स’ आए पनि गन्तव्यसम्म सुरक्षित रूपमा पुग्ने बताएका छन्। 

‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौँ, कहिलेकाहीँ मौसमका कारण टर्बुलेन्स आउन सक्छ। तर, हामी गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ,’ उनले भने। 

सरकारले चार महिनामा अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको भन्दै सरकार क्रमशः परिणाममुखी कामतर्फ अघि बढिरहेको र आगामी दिनमा सरकारले गरेका कामको परिणाम देखिने बताए।  

प्रकाशित: २४ श्रावण २०८३ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App