२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

समितिमा दलभन्दा बाहिर निस्केर बहस गर्नेछौं: सभापति ढकाल

फाइल तस्बिर

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार बसेको समितिको बैठकले सांसद ढकाललाई सभापतिमा चयन गरेको हो । सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले समितिभित्र स्वभावमा काम गर्ने तथा प्रभावमा काम नगर्ने बताए । उनले समिति र सदन फरक भएकाले समितिमा दल भन्दा बाहिर निस्केर बहस हुने बताए ।

उनले भने, ‘समितिभित्र स्वभावमा काम गर्ने प्रभावमा काम नगर्ने हो । समिति र सदन अलि फरक होला । सदनमा दलिय कुराहरु दलगत हिसावमा बहस होला । तर समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु हुने गर्छ । त्यो अभ्यासलाई मान्यज्यूहरुको सिर्जनात्मक सुझावहरु र खबरदारीहरुलाई ग्रहण गर्ने । मेरो ३१ महिनाको अनुभव पनि छ । ति अनुभवहरुलाई पुरस्कृत गरेर लैजाने छु । यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु ।’

 

प्रकाशित: ४ वैशाख २०८३ १५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App