४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

निजी क्षेत्रलाई निर्धक्कसँग काम गर्ने वातावरण बनाउछौं : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले निजी क्षेत्रलाई निर्धक्कसँग काम गर्ने वातावरण बनाउने बताएका छन्।

पार्टीको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले देशमा थिती बसाल्ने संकल्प लिएकाले निजी क्षेत्रलाई निर्धक्कसँग काम गर्ने वातावरण बनाउने नीति अवलम्बन गर्ने बताए। 

देशको नीतिले सबैको अधिकार संरक्षण गर्ने भन्दै उनले देशमा कामधन्दा निरन्तर चल्नेतर्फ अब बन्ने सरकार अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

मुलुक नयाँ मान्छेको हातमा गयो भनेर शंका गर्नेहरुलाई त्यसो नगर्न आग्रह गर्दै उनले राम्रो हातमा पुगेको दाबी गरेका छन्। सुशासनमा नयाँ मानक श्रृजना हुने उनको भनाइ छ। 

रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ।  

प्रकाशित: ४ चैत्र २०८२ १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App