प्रधानमन्त्री सुशील कार्कीले जेन-जी आन्दोलनमा ज्यान गुमाएका युवालाई शहीद घोषणा गरिएको बताएकी छन् । उनले यो घटनामा ज्यान गुमाउनुपर्ने कारण कसरी आयो त्यसको खोजविन गरी सम्बद्ध दोषीलाई कारबाही गरिने बताइन् ।
देशबासीका नाममा सम्बोधन गर्दै उनले भनिन्, ‘जेन जी प्रदर्शनका क्रममा जुन क्षति भयो । यो अकल्पनीय हो । क्षतिप्रति दु:ख व्यक्त गर्दछु । ज्यान गुमाएका युवाको परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । साथै घाइतेको निशुल्क औषधि तथा क्षतिपूर्तिको व्यवस्था गरिएको छ । सम्बन्द्ध दोषीमाथि कारबाही गरिने प्रतिवद्धता जनाउँछु ।’
उनले आफ्नो कार्यभार निर्वाचन भएको पनि उनले बताइन । ‘६ महिना भित्र प्रतिनिधि सभाको निर्वाचन गराउने गरी म प्रधानमन्त्री बनेको छु,’ उनले भनिन् ।
आफ्ना अभिमत भने संविधान दिवसको अवसरमा व्यक्त गरेको उनले बताइन । सम्बोधन अघि राष्ट्रिय गान बजाइएको थियो ।
लाइभको प्रत्यक्ष प्रशारण सुन्नुहोस
प्रकाशित: ९ आश्विन २०८२ १८:१५ बिहीबार





