१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

विपत भोगिरहेको श्रीलंकाको साथमा छौँ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलङ्कामा आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छ्न ।  

उनले सामाजिक सञ्जालमार्फत यो दु:खद् क्षणमा नेपाल सधैँ साथमा रहने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘दुःख र कष्टको यो क्षणमा श्रीलंकाको सरकार र जनताप्रति सहानुभूति प्रकट गर्दछु । संकटको यो समयमा नेपाल सधैँ श्रीलंकाको साथमा छ।’

श्रीलंकाको बाढीमा १९३ जनाको ज्यान गएको छ भने २०० मानिस बेपत्ता छन् । यो बाढी पछिल्ला वर्षको भन्दा खतरनाक रहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छ । मौसमी विपद्पछि श्रीलंकामा सङ्कटकाल घोषणा गरिएको छ।

बीबीसीका अनुसार श्रीलंकामा १५ हजारभन्दा धेरै घरहरू भत्किएका छन् । करिब ७८ हजार मानिसहरू अस्थायी शिविरहरूमा शरण लिन बाध्य भएका छन्।

प्रकाशित: १४ मंसिर २०८२ २१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App