१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

गुट-उपगुटबाट माथि उठेर एकजुट हुनुपर्छः श्रेष्ठ

नेपाली कांग्रेसका पूर्व-उपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत हीत तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने बताएका छन्।

ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै पूर्वउपसभापति श्रेष्ठले दलभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि नेपाली कांग्रेसको नेतृत्वले समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिए।

राजनीतिक दल लोकतन्त्रका वाहक भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको विकल्प नभएको बताए।

कांग्रेसमा शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अरूले त्यस्तो अग्रसरता देखाउन नसकेको पूर्वउपसभापति श्रेष्ठको भनाइ थियो।

विगतका आठ राजनीतिक दल मात्रै हैन, अब नयाँ राजनीतिक दललाई पनि संवादमा समावेश गरेर अगाडि बढ्नुपर्ने उनले बताए।

“अग्रजहरुलाई निषेध गरेर पनि राजनीति अगाडि बढ्न सक्दैन, सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ,” उनले भने।

पूर्वउपसभापति श्रेष्ठले पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न सक्दो सहयोग गर्ने बताए।

“विगतको असन्तुष्टिको जिम्मेवारी दलहरूले लिनुपर्छ, मुलुक र राष्ट्रियतालाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिनुपर्छ,” उनले भने।

उनले वर्तमान समस्याको समाधान राजनीतिक दलहरूभित्रबाटै समाधान गर्नुपर्छ भन्दै निषेधको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्ने बताए।

प्रकाशित: २ कार्तिक २०८२ २०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App