नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (एकीकृत समाजावादी) र प्रगतिशील अभियानले वर्तमानको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु ज्वलन्त कार्यभार बनेको निष्कर्ष निकालेका छन्।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, प्रगतीशील अभियानका अगुवा जनार्दश शर्मा प्रभाकर र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच शुक्रबार भएको बैठकपछि विज्ञप्ति जारी गर्दै सो निष्कर्ष निकालेका हुन्। नेता प्रभाकार, महासचिवद्वय भुसाल र चन्दबीच भएको छलफलले पुरानै नयाँ गन्तव्यमा पुग्नका लागि पुरानैबाट भन्दा नयाँ बाटोबाटै हिँड्नुपर्ने निष्कर्ष निकालेका छन्।
विज्ञप्तिमा भनिएको छ, 'मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तीनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन्। त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ, पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ।'
प्रकाशित: २२ कार्तिक २०८२ ०८:१६ शनिबार





