५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

विदेशमा पनि हस्ताक्षर अभियान सुरु गरेका छौँ : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको कर हटाउन विदेशमा पनि हस्ताक्षर अभियान सुरु भएको बताएका छन्।

शुक्रबार अभियानको पाँचौ दिन जोरपाटीमा हस्ताक्षर संकलनको क्रममा उनले नेपालसँगै विदेशमा रहेका नेपालीहरूले पनि हस्ताक्षर संकलन गरिरहेको जानकारी दिए।

‘यो अभियान देश भित्र मात्रै होइन, विदेशमा पनि अगाडि बढेको छ। हाम्रा प्रवासका साथीहरूले विभिन्न देशमा हस्ताक्षर अभियान सुरु गरेका छन्’, उनले भने।

विद्युतमा लगाइएको भ्याट फिर्ता गराउन सरकारमाथि जनदबाब सिर्जना गर्न अभियान थालेको बताउँदै उनले यसबाट आम जनताको अभिमत बुझिने बताए।

प्रकाशित: ५ भाद्र २०८३ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App