१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

हामी खबरदारी गर्छौँ, तर गृहमन्त्रीको राजीनामा चाहँदैनौँ: रक्षा बम

जेन–जी अभियन्ता रक्षा बमले आफू नागरिक सरकारको पक्षमा रहेको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा नचाहने बताएकी छन्। बिहीबार साँझ फेसबुकमार्फत अभियन्ता बमले यस्तो प्रतिक्रिया दिएकी हुन्। 

‘हामी नागरिक सरकारको पक्षमा छौँ, तर खबरदारी निरन्तर गर्छौँ,’ अभियन्ता बमले लेखेकी छन्,‘गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ।’

पछिल्लो समय गृहमन्त्री अर्यालमाथि राजीनामाको तीव्र दबाब छ। मूलतः काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नै उनलाई जिम्मेवारीबाट हटाउन खोजिरहेका समाचार बाहिरिएका छन्। बालेन निकटका विभिन्न पात्रहरूले खुला रूपमै गृहमन्त्री अर्यालको राजीनामा मागिरहँदा उनी स्वयं प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट हटाउन दबाब दिएका समाचार आइरहेका छन्। 

बिहीबार मात्रै हामी नेपालमा संस्थापक सुदन गुरुङले पनि गृहमन्त्री अर्यालको राजीनामा मागेका थिए। 

प्रकाशित: २० कार्तिक २०८२ २०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App