नेकपा एमालेका नेता खगराज अधिकारीले जेन-जी आन्दोलनमा मारिएकालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गोली हान्ने आदेश दिएको प्रमाणित भए पार्टी विघटन गर्न तयार रहेको बताएका छन् ।
विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै देशभरका पालिकामा जनप्रदर्शन गर्ने निर्णय अनुसार नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार पोखरा–३० सिसुवामा आयोजना गरेको जनप्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘जेन-जी आन्दोलनमा गएका छोरा, नाती पुस्तालाई मार्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आदेश दिएका होईनन्, दिन सक्दैनन्,’ उनले अगाडि थपे,‘त्यस्तो आदेश तत्कालीन प्रधानमन्त्री ओलीले दिएको प्रमाणित गरे हामी हाम्रो पार्टी नेकपा एमाले विघटन गर्न तयार छौं ।’
एमालेका प्रभावशाली नेता अधिकारीले जेन-जी आन्दोलनमा भएको घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले निष्पक्ष छानविन गर्न नसक्ने ठोकुवा गरे । जेन-जी आन्दोलनप्रति सकारात्मक र दलहरुप्रति पहिल्यैदेखि नकारात्मक धारणा राख्ने गरेकाले उनी नेतृत्वको समितिले निस्पक्ष छानविन गर्न नसक्ने उनको दाबी थियो ।
नेता अधिकारीले संविधानलाई ट्रयाकमा ल्याउन संविधान संसोधन आवश्यक रहेको उनले बताए । त्यसका लागि छोटो समयको लागि भए पनि संसद पुनर्स्थापना हुनुपर्ने उनको भनाइ छ । ई थियो । संविधान ट्रयाकमा ल्याउन संविधान संसोधन जरुरी छ,उनले भने,‘अनि संविधान संसोधन गर्न छोटो समयका लागि भए पनि संसद पुर्नस्थापना गर्नुपर्छ ।’
प्रकाशित: २५ कार्तिक २०८२ १७:५८ मंगलबार





-1200x560-600x400.jpg)