१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपा पदाधिकारी चयनका आज राति ९:१५ देखि मतदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ पदाधिकारी चयनका लागि बिहीबार राति ९:१५ बजेदेखि मतदान सुरु हुने भएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधन सार्वजनिक गर्दै मतदानको समय तय गरेको हो।

नयाँ कार्यतालिकाअनुसार बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीका आकांक्षीहरूका लागि फारम वितरण तथा दर्ताको समय तोकिएको थियो। दर्ता पश्चात् साँझ ७:३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने तयारी छ।

आयोगका अनुसार राति ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। अन्तिम नामावली प्रकाशन भएलगत्तै राति ८:४५ देखि ९:१५ बजेसम्म आधा घण्टा ‘मौन अवधि’ लागू हुनेछ।

मौन अवधि समाप्त भएपछि राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान सम्पन्न भएपछि मतगणना सुरु हुने र शुक्रबार बिहान १:३० बजे निर्वाचनको अन्तिम परिणाम घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ११ असार २०८३ १७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App