झन्डै दुई दशकदेखि निर्वाचन बहिस्कार गर्दै आएका प्रकाण्ड यसपटक चुनावमा फर्किएका छन्।
५७ वर्षीय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ १८ वर्षपछि निर्वाचनमा सहभागी भएका हुन्। आज भइरहेको प्रतिनिधिसभा सदस्य चयनका लागि हुने प्रत्यक्ष निर्वाचनमा सदस्य छन्। नेकपा (माओवादी)ले कालीकोटबाट उनलाई उम्मेदवार बनाएको छ।
उनले कालीकोटको नरहरिनाथ गाउँपालिकाका ७ काे नन्दादेवि मावि माल्कोट सेरापाटा मतदान केन्द्रमा मतदान सुरु गरेका हुन्।
प्रकाशित: २१ फाल्गुन २०८२ ०८:४२ बिहीबार





