संसद् भवनको दुई नम्बर गेटमा जेन-जी प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। बानेश्वर पुगेर आन्दोलन उग्र भएपछि राति १० बजेसम्मका लागि कर्फ्यु जारी भएको छ।
प्रहरीले अवस्था शान्त पार्न रबरको गोली पनि चलाएको छ। उनीहरूले ढुंगामुढासहित संसद् भवनको २ नम्बर गेटको पर्खाल समेत भत्काएका छन्।
प्रकाशित: २३ भाद्र २०८२ १२:५५ सोमबार





