३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

गाउँपालिका अध्यक्षले भनेः देश जल्दा खुसी हुने भष्मासुर कर्मचारी जागिर छाड्नुस्

जेन-जी आन्दोलनका क्रममा भएको प्रदर्शनमा कर्मचारीले खुसी मनाएको भन्दै सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्षले आपत्ति जनाएका छन् ।  

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो सामाजिक सञ्जालमार्फत अब कार्यालयमा हाजिर नहुन चेतावनी दिए । देश जलिरहेको बेला खुसी मनाउने देशको कर्मचारी हुन नसक्ने उनको आरोप छ ।  

उनले सिंहदरबार, सर्वोच्चलगायतका देशका संरचना जल्दा अब पालो गाउँपालिकाको भन्दै खुसी मनाउने कर्मचारी सरकारी कर्मचारी हुन लायक हुँदैनन् भनेका छन् ।  

स्याङ्बोले फेसबुकमा लेखेका छन्, ‘जेन-जी आन्दोलन भ्रस्टचार बेथितिविरुद्ध थियो ! यो आन्दोलन हामी सबै नेपाली को हो । यसको पक्षमा उभिनु मत राख्नु स्वभाविक थियो । तर जुगल गाउँपालिकाका केही कर्मचारी र शिक्षक शिक्षिकाले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलागयतका संरचना जल्दा खुसी मानी अब स्थानीय सरकारको पालो भन्दै कमेन्ट पोस्ट गर्नेहरु भोलिदेखि हाजिर नहुनु होला ! किन कि तपाईंहरु सरकारी कर्मचारी हुन लायक छैन ! अब देशको ठुलो धन राशी तपाईं हरु खुशी हुन जलाएको संरचना बनाउन लाग्छ! आफैँले बुजेर राजीनामा दिनु हामी तपाईंहरु जस्तो भष्मासुरलाई राख्न सकिँदैन। यो मैले सम्बन्धित कर्मचारी शिक्षकलाई भनेको हो अरु लाई होइन! तपाईंहरु सबैको स्क्रीनसट हामीसँग छ!’

प्रकाशित: २८ भाद्र २०८२ १९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App