२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रोल्पामा वर्षमानको निरन्तर अग्रता, पच्छ्याउँदै कांग्रेस

रोल्पामा शुक्रबारदेखि सुरु भएको मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले निरन्तर अग्रता लिएका छन्। 

२७३६१ मत गणना हुँदा पुनले ९८३५ मत ल्याएका छन्। कांग्रेसका डा. सुदनकुमार वलीले ६३८७ मत ल्याएर पच्छ्याई रहेका छन्। तेस्रोमा रास्वपाका बालाराम थापाले ४२४५ मत ल्याएका छन्।

त्यस्तै एमालेका गोकुल घर्तीले ३८९९ मत ल्याएका छन् भने गुलाफको फूल चिह्नबाट उम्मेदवार बनेका नेकपा माओवादीका चुडामणी वलीले २३९१ मत प्राप्त गरे भने बिहीबार सम्पन्न निर्वाचनमा रोल्पामा ४६.३९ प्रतिशत अर्थात ६९ हजार ४ सय ८ मत खसेको थियो।

जिल्ला सदरमुकाममा रहेको घरेलु तथा साना उद्योग कार्यालयको हलमा मतगणना भैरहेको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App