एमाले नेतृ उषाकिरण तिम्सेनाले पार्टीका थुप्रै निर्णयमध्ये एउटा राम्रो निर्णय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिनु भएको बताएकी छन्।
उनले देशको सर्वोच्च र गरिमामय राष्ट्रपति पदको गरिमा जोगाउन पनि भण्डारीलाई राजनीतिमा फर्कन नहुने धारणा राखेकी छन्।
यस्तो छ उनको स्टाटस :
एमालेका थुप्रै निर्णयहरूमध्ये एउटा राम्रो निर्णय विद्या भण्डारी राजनीतिमा नआउनुहोस् भन्ने थियो। देशको सर्वोच्च र गरिमामय राष्ट्रपति पदको गरिमा जोगाउन पनि वहाँ राजनीतिमा फर्किनु हुँदैन।
प्रकाशित: २५ आश्विन २०८२ १०:१६ शनिबार





